सेयर बजार २६.४८ अंकले घट्यो

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मे भएकाे छ । नेप्से परिसूचक २६.४८ अंकले घटेर १९६९ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८१ अंकले घटेर ३७३.५६ विन्दुमा पेगेको छ । 

यसैगरी, २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयरको कारोबार हुँदा एक अर्ब ३३ करोड ६३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको भएको छ । 

त्यस्तै कारोबारको आधारमा सबैभन्दा धेरै हिमालय डिस्टिलरी कम्पनीको ८ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको हो।

बुद्धभूमि नेपाल हाइड्रोपावर र युनिक नेपाल लघुवित्तको सेयर ४ प्रतिशतले बढेको छ । 

आज सबै उपसमूहहरुको सेयर घटेर बजार राताम्मै भएका छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स र ट्रेडिङ कम्पनीको २ प्रतिशतले सेयर करोबार घटेको हो । 





  • प्रकाशित मिति : फागुन १८, २०७९ बिहीबार १७:३१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया