यौन दुर्व्यवहारकाे आरोपमा अनाथालयका प्रमुख कारागार चलान

कञ्चनपुर जिल्लामा यौन दुर्व्यवहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ ।

जिल्लाको भिमदत्त नगरपालिका–४का शंकरबहादुर चन्दलाई कारागार चलान गरिएको छ । कल्याण अञ्चल बालअनाथालयका प्रमुख शंकरबहादुर चन्दले विगत एव वर्षदेखि बालबालिका विद्यालय गएको बेला अफिसमा पटक-पटक अनाथलयमा बस्ने बालिकालाई यौन दुर्व्यवहार,जबरजस्ती करणी गरी गर्भपतनसमेत गरेको खुलेको छ ।

उनलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपतन कसुर मुद्दामा कञचनपुर जिल्ला अदालतले २०७९/११/१७ गते बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना, जबरजस्ती करणी र गर्भपतन कसुर मा पुर्पक्षका लागि कारागार पठाइएको हो ।





  • प्रकाशित मिति : फागुन १८, २०७९ बिहीबार १८:३३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया