नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि नियमित खुला
फाइल तस्बिर

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दिउँसोको समयमा पनि खुला हुने भएको छ ।  

सडकखण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नका लागि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । ५ पुसदेखि पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म र त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो ।

यसअघि सडकखण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नका लागि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो ।  

तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अरू पुलहरूको काम अन्तिम चरणमा पुगेकाले आजदेखि दिउँसोको समयमा सडक बन्द नहुने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । 

सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो ।  





  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार ८:२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया