तनाव अन्त्यका लागि तत्काल कदम उठाउन भारत–पाकलाई युएन महासचिवको आग्रह

पुलवामा आक्रमणले भारत र पाकिस्तान सम्बन्धमा तनाव बढेपछि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले चिन्ता व्यक्त गर्दै छिट्टै समाधान खोज्न दुवै देशलाई आग्रह गरेका छन् । 

संयुक्त राष्ट्र संघ महासचिवका प्रवक्ता स्टिफन दुजारिकले मंगलबार पत्रकार सम्मेलनमा भारत–पाकिस्तानबीच बढेको तनाव कम गर्न ‘तत्काल कदम’ उठाउन जोड दिएका थिए । 

अत्यन्त संयमका साथ ठोस कदम चालेर दुवै देशबीच भएको द्धन्द्धात्मक भावनालाई कम गर्न उनले अनुरोध गरेका छन् । 

उनले भनेका छन् ‘यदि दुवै पक्ष वार्ताका लागि राजी भए हामी मध्यस्थताका लागि सधैं तयार छौं ।’

संयुक्त राष्ट्र संघमा पाकिस्तानको स्थायी मिसनले महासचिवसँग समस्या समाधानका लागि बैठकको अनुरोध गरेको छ । योबाहेक पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरेसीले अहिले दुई देशबीच उत्पन्न भएको संकटकालीन अवस्था अन्त्य गर्न संयुक्त राष्ट्र संघले कदम उठाउन आवश्यक रहेको बताएका छन् । 

दुजारिकले पुलवामा सुरक्षाबलमाथि भएको आक्रमणले भारत–पाकिस्तानबीच उत्पन्न गराएको तनावलाई लिएर राष्ट्र संघ निकै चिन्तित भएको बताएका छन् । महासचिव गुटर्सले पहिले नै आक्रमणको कडा निन्दा गरेका थिए । 




 



  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार ११:३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया