बंगलादेशमा अक्सिजन प्लान्ट विस्फोट : ६ को मृत्यु, ३० जनाभन्दा बढी घाइते

बंगलादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । विस्फोटमा ३० जनाभन्दा धेरै घाइते भएका छन् । 

उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । राजधानी ढाकाबाट झन्डै २ सय २० किलोमिटर टाढा सीताकुण्डमा अक्सिजन प्लान्टमा शनिबार बेलुका विस्फोट भएको हो । 

यो विस्फोटको आवाज दुई किलोमिटर टाढासम्म सुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गरी समाचार संस्था रोयटर्सले जनाएको छ । अग्नि नियन्त्रक टोलीले गएराति नै आगो निभाएका छन् ।  

अघिल्लो वर्ष जुनमा पनि बंगलादेशको एक अक्सिजन प्लान्ट नजिक कन्टेनर डिपोमा विस्फोट हुँदा ५० जनाको मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार १०:९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया