फिल्म सुटिङका क्रममा बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदरावादमा भएको सुटिङको क्रममा आफू घाइते भएको उनले आफ्नो ब्लगमार्फत जानकारी दिएका छन् ।
एक्सन सिनको सुटिङका क्रममा करङमा चोट लागेपछि उनको हैदरावादमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको र हाल मुम्बईस्थित आफ्नो घरमा आराम गरिरहेका छन् । उनी प्रभासको फिल्म ‘प्रोजेक्ट ए’ को सुटिङमा थिए ।
आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अभिताभले मांसपेशी फुटेको, हिँडडुल गर्न र श्वास फेर्न पनि समस्या भइरहेको बताएका छन् ।
सुटिङ रद्द गरिएको जानकारी दिएका उनले औषधि सेवन गरिरहेको र निको हुन केही समय लाग्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।