‘ए’ डिभिजन लिगमा आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा हुने खेलमा चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार भिड्ने छन् । 

चर्च र खुमलटारबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । चर्च ब्वाइज लगातार दुई खेल जित्ने योजनामा रहेको छ । पहिलो खेलमा उसले पुलिस क्लबलाई हराएको थियो ।  

खुमलटार पनि दोस्रो जितको खोजीमा रहेको छ । उसले पहिलो खेलमा फ्रेन्ड्सलाई हरायो । यस्तै, च्यासल मैदानमा फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

यी दुई टोलीबीचको खेल दिउँसो साढे २ बजे नै सुरु हुनेछ । यी दुई टोली पहिलो जितको खोजीमा छन् । फ्रेन्ड्सले पहिलो खेलमा खुमलटारसँग हार बेहोरेको थियो । थ्रीस्टार एपीएफ क्लबसँग पराजित भएको थियो ।

जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ ।   





  • प्रकाशित मिति : फागुन २३, २०७९ मंगलबार ७:५६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया