गर्भवती भएको चौथो महिनामा तनावबाट मुक्त हुनु आवश्यक

एजेन्सी– गर्भवती भएको चौथो महिनापछि बिस्तारै पेट बढ्न थाल्छ । त्यसकारण पेटको आकारका कारण केही सावधानी अपनाउनु जरुरी हुन्छ । 

यदि तपाई गर्भवती भएको चौथो महिना पुगेको छ भने तपाईंले शारीरिक तथा मनोवैज्ञानिक परिर्वतनलाई ध्यान दिँदै आवश्यकताअनुसार चिकित्सकको सल्लाह पनि लिनुपर्छ । यसका अतिरिक्त तपाईंले यस्ता कुरामा पनि ध्यान दिनु आवश्यक छः

लागूऔषधबाट टाढा

यस अवस्थामा तपाईंलाई मादक पदार्थ तथा सुर्तीजन्य पदार्थका अतिरिक्त धेरै कफी पिउन पनि छोड्नुपर्छ । 

तातोपानीले नुहाउनबाट बच्नुहोस्

यो अवस्थामा तपाईं धेरै तातो पानीले नुहाउनु हुँदैन । यसले भ्रुणको सामान्य विकासमा अवरोध उत्पन्न हुन्छ । त्यसैले मनतातो पानीले मात्र नुहाउने गर्नुपर्छ । 



शारीरिक सम्बन्धमा सावधानी अपनाउनुहोस्

यदि तपाईंको गर्भावस्थामा केही जटिल खालको समस्या छ भने अथाव यसअघि गर्भपात भएको छ भने यो समय तपाईंले शारीरिक सम्बन्ध राख्नु हुँदैन । यसका लागि तपाईंले चिकित्सकको सल्लाह लिनु धेरै उपयुक्त हुन्छ । 



तनावबाट मुक्त रहनुहोस्

यस अवस्थामा तनावबाट मुक्त हुन अति आवश्यक छ । यसका लागि तपाईंले तनावबाट मुक्त हुन धेरै कोसिस गर्नुपर्ने हुन्छ । धेरै तनावका कारण पनि गर्भपात हुन सक्छ । यसका साथै बायाँ कोल्टे परेर सुत्ने प्रयास गर्नुहोस् । यसो गर्नाले तपाईंलाई राहत हुनुका साथै गर्भको बच्चाका लागि रक्तसञ्चालन पनि रोकिँदैन । 

गह्रुंगो सामान नउचाल्नुहोस्

यस अवस्थामा तपाईं गह्रुंगो भारी उचाल्नबाट बच्नुपर्छ । धेरै झुक्नु पनि हुँदैन । यदि आराम गरिरहनुभएको छ भने एक्कासि उठ्नुको साटो बिस्तारै उठ्नुहोस् । घरको काम गर्न कसैको सहयोग लिनुहोस् । यदि कार्यालय जाने गर्नुभएको छ भने भीडभाडबाट बच्नुहोस् ।

 

  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १४:२५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया