प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता

प्रधानमन्त्री तथा नेकपा पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ द्वन्द्व पीडितहरूको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।  

पेसी बिहीबारलाई तोकिएको अदालतले जनाएको छ । गत २४ कात्तिकमा दरपीठ भएको रिट सर्वोच्चका न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र हरिप्रसाद फुयालको १९ फागुनमा आदेशपछि दर्ता भएको हो ।  

निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको भन्ने अभिव्यक्ति दिएका दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन माग गरेका छन् । दाहालले १ माघ २०पुष्प७६ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा १७ हजारमध्ये ५ हजार हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए । 

दाहाललाई प्रतिवादी बनाएर रामेछापका ज्ञानेन्द्रराज आरण, जितेन्द्रकुमार मोक्तान, शंखरलाल लामा, सिन्धुपाल्चोकका दीपक हमाल, गोरखाकी होमकुमारी बजगाई, स्वस्तिका अधिकारी, निलम देवकोटा, सीतादेवी ढकाल, जनककुमारी कोइराला, विजय श्रेष्ठ, नवराज पोखरेल, स्याङ्जाकी सावित्री शर्मा, काभ्रेकी पूर्णिमाया लामा, सलामसिंह लामा र ओखलढुंगाकी लक्ष्मी श्रेष्ठले रिट दिएका हुन् ।  

त्यस्तै, अर्को रिटका निवेदकमा कल्याण बुढाथोकी (रामेछाप), कमला राई तिमल्सेना (भोजपुर), विनोद सापकोटा (गोरखा), हुमराज दवाडी (लमजुङ), पम्फा बुढाथोकी (रामेछाप), शिवकुमार बुढाथोकी (रामेछाप), सुवास गिरी (रामेछाप) र चिरञ्जिविवास गिरी (धनुषा) रहेका छन् ।   





  • प्रकाशित मिति : फागुन २३, २०७९ मंगलबार १३:१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया