टोटेनहमलाई हराउँदै एसी मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एसी मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति इंग्लिस प्रतिद्वन्द्वी टोटेनहम हटस्परसँग गोलरहित बराबरीमा रोकिए पनि समग्रमा १–० को जित निकाल्दै इटालियन क्लब मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । 

यसअघि मिलानले पहिलो लेगमा टोटेनहमलाई १–० ले हराएको थियो ।  उक्त अग्रता जोगाउँदै मिलानले अन्तिम आठमा स्थान बनायो । 

टोटेनहम हटस्पर स्टेडियममा गएराति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो । 

खेलको ७७ औं मिनेटमा टोटेनहम १० खेलाडीमा समेटियो । सन् २०११/१२ को सिजनमा मिलान क्वाटरफाइनलमा बार्सिलोनासँग ३–१ ले पराजित हुँदै बाहिरिएको थियो । त्यसयता ऊ ११ वर्षपछि पहिलोपटक क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  

प्रतियोगिताको अन्तिम आठको ड्र आगामी १७ मार्चमा स्विट्जरल्याण्डको न्योनमा हुँदैछ । 





  • प्रकाशित मिति : फागुन २५, २०७९ बिहीबार ७:५५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया