फेरि सर्यो मन्त्रिपरिषद् विस्तार, उपराष्ट्रपतिको निर्वाचनपछि मात्र हुने

मन्त्रिपरिषद् विस्तार फेरि सरेको छ । यसअघि राष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद विस्तार गर्ने भनिए पनि अब उपराष्ट्रपतिको निर्वाचनपछि मात्र हुने भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उपराष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको जानकारी दिएका हुन् । 

बिहीबार राष्ट्रपति निर्वाचनको परिणाम घोषणापछि संसद् भवनबाट बाहिरिँदै गर्दा उनले भने, ‘हामीले गठबन्धनभित्र मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिरहेका छौँ। अब उपराष्ट्रपतिको निर्वाचनपश्चात् मात्र मन्त्रिपरिषद् विस्तार गर्छौं।’ 

सरकारमा अहिले नेकपा माओवादी केन्द्र र नेपाल जनमत पार्टी मात्रै रहेका छन्।प्रचण्डले राष्ट्रपति निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेपश्चात् नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएका छन् । 

संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद् रहने व्यवस्था छ। तीमध्ये प्रधानमन्त्री प्रचण्डसँग मात्र १६ मन्त्रालय रहेका छन्। 





  • प्रकाशित मिति : फागुन २५, २०७९ बिहीबार १९:१६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया