तौल घटाउने पाँच सहज तरिका

एजेन्सी– कहिलेकांही हामी अत्यन्त धेरै चाहँदा चाहँदै पनि तौल घटाउन नसकेर समस्यामा परिरहेका हुन्छौँ । अनि हैरान पनि हुन्छौँ, शरीरको वजन नघटेकाले । तर, केही सहज उपायहरु अपनाउने हो भने हामीलाई तौल घटाउन त्यस्तो ठूलो काम गरेजस्तो नै लाग्दैन । ती पाँच सहज उपाय हुन्ः

 

प्रोटिन र फाइबर युक्त खानाः
प्रोटिनलाई शरीर विकास गर्ने तत्वका रुपमा लिइन्छ । प्रोटिनमा सबै जरुरी अमिनो एसिड हुन्छ जसले हाम्रो मांसपेशीलाई तागत दिन्छ । र, च्यातिएको टिस्यु बनाउन पनि यसले सहयोग गर्छ । प्रोटिनयुक्त खाने कुराले हामीलाई भोक कन्ट्रोल गर्न पनि सहयोग गर्छ । यसैले लामो समयसम्म हामी तृप्त महसुस गर्छौँ । ताजा फलफूल र हरियो सब्जीमा फाइबर बढी हुने भएकाले हामीले त्यस्तो खानालाई विशेष प्राथमिकता दिनुपर्छ ।

 

धेरै पानी पिउनुहोस्ः
पानी र अन्य सोडारहित पेय पदार्थ प्रचुर मात्रामा पिउँदा हामीलाई तौल घटाउने मिसनमा सहज हुन्छ । पानी तथा तरल पदार्थले हाम्रो शरीरमा पानीको कमी हुन दिँदैन । त्यसैले दिनभरमा ८ देखि १० गिलास पानी पिउनु पर्छ ।

 



खाना चबाएर खानुहोस्ः
आजको भागदौडवाला जीवनमा मानिसहरुमा आरामले खाना खाने फुर्सद पनि नहुन सक्छ । तर, जसलाई वजन घटाउन मन छ, उनीहरुले विशेष ध्यान दिएर चबाएर खाना खानु पर्ने हुन्छ । यस्तो गर्दा हामीले कम क्यालोरी खान्छौँ र लामो समयसम्म अघाउन सक्छौँ ।


निद्रा र तनावलाई नियन्त्रणमा राख्नुहोस्ः
अधुरो निद्रा वा तनावका कारण पनि हाम्रो वजन बढ्न सक्छ । त्यसैले पूरा निद्रा र तनावबाट टाढा बस्ने हो भने पनि हाम्रो वजन घटाउने प्रक्रिया सहज हुन्छ । त्यसैले दिनमा छ देखि आठ घन्टा सुत्ने र जतिसक्दो तनाव कम गर्ने प्रयास गर्नुपर्छ । 



 

फास्ट फुड नखानुहोस्ः
मीठो र गुलियो पेय पदार्थ तथा प्याकेटको खाद्य पदार्थले मात्र होइन, फास्टफुडहरुले पनि हाम्रो तौल बढाइरहेको हुन्छ । त्यसैले यस्ता खाद्य पदार्थबाट टाढा रहने हो हाम्रो तौल नियन्त्रणमा आउँछ ।

  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १६:५७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया