राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । उनी २९ फागुन २०७४ मा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।
भण्डारी ११ कात्तिक २०७२ सालमा पहिलोपटक राष्ट्रपतिमा चुनिइन् । पहिलो महिला राष्ट्रपति रहेकी भण्डारीको कार्यकाल विवादमुक्त भने हुन सकेन ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई अनुमोदन गरेपछि उनको आलोचना बढेको थियो । राष्ट्रपति भण्डारीले भोलि शीतलनिवास छोड्ने तयारी गरेकी छन् ।
सोमबार दिउँसो निजी निवास बूढानीलकण्ठ सर्ने तयारी भएको उनको निजी सचिवालयले जनाएको छ । भण्डारीको कार्यकाल सकिएपछि भोलि नै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिँदै छन् ।
गत बिहीबार भएको राष्ट्रपतिको चुनावमा पौडेल निर्वाचित भएका थिए । उनी ९ दलीय गठबन्धनको सहयोगमा राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।