बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउनु जनतालाई मुद्दा लगाउनुसरह : हिसिला यमी

नेपाल समाजवादी पार्टीकी नेतृ हिसिला यमीले द्वन्द्वकालीन मुद्दा अदालतबाट हेर्नु विस्तृत शान्ति सम्झौताविपरीत हुने बताएकी छन् ।माओवादी धारका दलहरुले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यमीले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउनु जनतालाई समेत मुद्दा लगाउनुसरह भएको टिप्पणी गरिन् ।

जनयुद्ध सबै समुदायका उत्पीडित जाति, क्षेत्र र समुदायको प्रतीक भएकाले यसलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत टुंगो लगाउनुपर्ने उनले बताइन् । यो मुद्दा सबै दलको मुद्दा भएकाे दाबी गर्दै यमीले भनिन्, ‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउनु भनेको जनतामाथि मुद्दा लगाउनुसरह हो । परिवर्तन पक्षधरमाथि मुद्दा लगाउनु हो ।'

विस्तृत शान्ति सम्झौताको कार्यभार तीन कार्य मात्रै भएको यमीले बताइन् । पहिलो संविधान निर्माण र जनमुक्ति सेना व्यवस्थापन पुरा भएपनि संक्रमणकालीन मुद्दा व्यवस्थापन हुन नसकेको उनले बताइन् ।





  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार १७:४१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया