तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार पनि छापावाल सुनको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो । योसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको छ ।   

सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै। आज तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । सोमबार प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  





  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार ११:४३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया