दैनिक २० भन्दा बढी चुरोट खाए हुनसक्छ अन्धोपना

एजेन्सी– हामीलाई यसअघि नै थाहा भएको हो, धूमपानले हाम्रो स्वास्थ्यलाई राम्रो गर्दैन । धूमपानका कारण मुटुदेखि मस्तिष्कसम्म विभिन्न रोगहरु लाग्ने यसअघि विभिन्न अध्ययनले देखाइसकेका छन् । तर, चुरोटले गर्ने असर चाहिँ यतिमात्र होइन । रुट्गेर्स विश्वविद्यालयका छात्राहरुले गरेको अध्ययनले २० वटा चुरोट दैनिक सेवन गर्नेलाई अन्धोपना हुने पत्ता लगाएको छ । 

साइकियाट्री रिसर्च नामको जर्नलमा प्रकाशित भएअनुसार चुरोटमा हुने निकोटिन तथा अन्य केमिकलहरुका कारण मानिसलाई आँखाका अन्य समस्या पनि देखिन्छन् । धेरै चुरोट खानेहरुको आँखामामात्र नभएर मस्तिष्कले पनि रंग छुट्ट्याउन गाह्रो पर्ने उक्त अध्ययनले देखाएको छ । यो अध्ययनमा २५ देखि ४५ वर्षका मानिस समावेश थिए । 





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार २०:५९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया