पसिनाको दुर्गन्ध हटाउन के गर्ने ?

गर्मीमा हाेस् या जाडाेमा हिँडडूल धेरै गर्दा मानिसहरुमा पसिना आउनु स्वाभाविक हाे । तर शरीरको काखी तथा खुट्टामा यही पसिनाका कारण बढी दुर्गन्ध फैलिने हुन्छ । यो समस्याले मानिसहरु हैरान भएका हुन्छन् ।

यसबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता उपायः

१. कागतीको रसको प्रयोग

 कागतीलाई आधा गरी काटेर काखीमुनि दल्ने गर्नाले पसिनाको दुर्गन्धलाई अलि कम गर्छ । साथै जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोक्ने काम गर्दछ ।

 

२.नीमको पात



नीमको पातलाई पानीमा उमालेर कपडाले छानेर नुहाउने शरीरको दुर्गन्ध हटाउने काम गर्दछ ।

 



३. गुलाब जल

गुलाब जलका केही थोपाहरु पानीमा मिसाएर नुहाउनाले शरीरमा रहेको ब्याक्टेरिया फैलनबाट रोक्ने तथा दुर्गन्ध पनि हट्ने काम गर्दछ ।

 

४.मह

नहुइसकेपछि पानी एक चम्चा मह मिलाएर दुर्गन्ध फैलिने ठाउँमा प्रयोग गर्नाले दुर्गन्धबाट बच्न सकिन्छ । मह यस्तो वस्तु जुन औषधिको रुपमा प्रयोग गरिन्छ ।

 

५. पुदिना

पुदिनाले पनि शरीमा रहेका ब्याक्टेरिया हटाउनुका साथै दुर्गन्ध रोक्न पनि सहयोग गर्छ । यसको प्रयोग पुदिनाको पातलाई उमालेर पानीमा नहुनाले दुर्गन्ध कम गर्छ ।

 

६. बेसन तथा चनाको पिठोको प्रयोग

बेसन तथा चनाको पिठोलाई दहीमा मिसाएर नहाउनुभन्दा अगाडि शरीरमा १५ मिनेट जति लगाएर नहुनाले शरीरमा रहेको दुर्गन्ध हटाउन मद्दत मिल्छ ।

  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार २१:१४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया