\
पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ६९४३ नम्बरको गाडीले ठक्कर दिँदा पैदलयात्री हाल नाम, थर, वतन नखुलेको अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएकी ती महिलालाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
महिलाको शव हाल हेटौंडा अस्पतालमा राखिएको र घटनाबारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।