चितवन–२को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले चितवन–२ मा हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवारको नाम सिफारिस गर्न सबन्धित कमिटीलाई निर्देशन दिएको छ । 

बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सो निर्णय गर्दै चितवन जिल्ला समितिलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

आगामी वैशाख १० गते हुने उक्त उपनिर्वाचनका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क, ख, ग बमोजिम प्रक्रिया पुर्‍याई ​उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतको फैसालापछि खारेज भएको चितवन–२ को उपनिर्वाचन आगमी वैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ ।





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार १६:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया