ए डिभिजन लिग : मनाङ मर्स्याङ्दीसँग एनआरटी पराजित

सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दीले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ । दशरथ रंगशालामा आज साँझ सम्पन्न खेलमा एनआरटी ३–१ गोल अन्तरले पराजित गरेको हो । 

यो जितसँगै मनाङ तीन अंकका साथ लिगको अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

जारी लिगमा आजको जित मनाङको लागि दोस्रो जित हो । उसले बाँकी दुई खेल भने बराबरीमा टुंग्याएको थियो । 

खेलको ३९औँ मिनेटमा रोशन रानामगरले मनाङलाई अग्रता दिलाएका थिए । यस्तै, ६९औँ मिनेटमा डाभ्लाट जोनोभ र ८७औँ मिनेटमा कोफी टिमोथीले क्रमशः दोस्रो र तेस्रो गोल गरे ।

एनआरटीका लागि दोस्रो हाफको थपिएको समयमा अशोक थापाले सान्त्वना गोल गरे ।





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार २१:३३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया