पहिरोमा परेर सिन्धुलीमा एकजनाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिकामा खसेको पहिरोमा च्यापिएर एकजनाको मृत्यु भएको छ ।

बारीको ढुंगा निकाल्न लाग्दा माथिबाट खसेको पहिरोमा च्यापिरएर बिहीबार दिउँसो ३५ वर्षीय टेकबहादुर परियारको मृत्यु भएको हो ।

ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको पहिरोमा च्यापिएर गाउँपालिका ३ खुरहरिका ३५ वर्षीय परियारको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।

पहिरोले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिका बाहुनतिल्पुङ स्वास्थ्य चौकीमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।





  • प्रकाशित मिति : चैत २, २०७९ बिहीबार १७:३५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया