प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन् ।
शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवासमा खेलाडीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री दाहाल आफैं उपस्थित भएर खेलाडीलाई हौसला प्रदान गरेका थिए । विश्व क्रिकेट लिग–२ मा बिहीबार यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।