राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

सरकारले बिहीबार आइसिसी विश्वकप लिग–२ सिरिजको अन्तिम खेलमा यूएईलाई हराउँदै एकदिवसीय विश्वकप छनोटमा पुर्याउने खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान टोलीलाई बालुवाटार बोलाएर बधाई तथा शुभकामना दिँदै प्रतिखेलाडी ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । 

‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रतिखेलाडी ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।

नेपालले बिहीबार यूएईलाई डिएल मेडथका आधारमा ९ रनले हराउँदै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको हो । नेपालले अब यही वर्ष जिम्बाब्वेमा हुने १० राष्ट्र सम्मिलित विश्वकप छनोट प्रतियोगिता खेल्नेछ ।  

४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकिएको थियो । त्यसपछि अम्पायरले डिएल मेडथका आधारमा नेपाललाई ९ रनले विजयी घोषणा गरे ।  





  • प्रकाशित मिति : चैत ३, २०७९ शुक्रबार १०:५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया