नेपाल आइडल सिजन–२ विजेता गायक रवी ओडको स्वरमा रहेको गीत ‘ओई मेरी रामप्यारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा अभिनेता सुशान्त कार्की र मोडल लोसिना लामिछानेको अभिनय देख्न सकिन्छ । हर्क साउँदको शब्द/रचना र एसडी योगीको संगीत रहेको गीततलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।
शिवराम श्रेष्ठकको डिओपी रहेको भिडियोमा नवीन निरौलाको कलर तथा सम्पादन र प्रमोदकुमार भण्डारीको कोरियोग्राफीका साथै निर्देशन छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।