पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन्।
तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खान विरुद्ध गैर जमानती वारेन्ट जारी गरिएपछि उनी अदालतमा हाजिर हुन लागेका हुन् ।
अदालतले उनलाई १८ मार्चमा अदालतमा हाजिर हुन भने पनि खानले सुरक्षा चिन्ता गर्दै आएका थिए । जसका कारण मुद्दाको सुनुवाइ गर्ने ठाउँ परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको अदालतको सट्टा अब न्यायिक कम्प्लेक्समा हुनेछ।
उनीमाथि उपहार पाएको सामग्री गैरकानुनी रुपमा बिक्री गरेको तथा महिला न्यायाधीशमाथ िगैरन्याययिक टिप्पणी गरेको अभियोग छ । अदालतले उनलाई चैत २८ गतेसम्म जमानत दिएको छ।
गत साता उनलाई पक्राउ गर्ने प्रयास भए पछि उनका समर्थकहरुले प्रतिवाद गरेका थिए । सो प्रतिवादमा भएको झडपमा दर्जनौँ घाइते भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।