क्रिस्टियानो रोनाल्डोसम्मिलित अल नासरले साउदी प्रो लिग फुटबलमा अभालाई २–१ ले हराएको छ । गएराति सम्पन्न खेलमा नासरको जितमा रोनाल्डो र टेलिस्काले एक/एक गोल गरे ।
खेलको २६औँ मिनेटमा अब्दुलफताहले गोल गर्दै अभालाई सुरुआती अग्रता दिलाए । तर, खेलको ७८औँ मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत गोल गर्दै नसरलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ८०औँ मिनेटमा जाकारिया सुडानीले रातो कार्ड पाएपछि अभा १० खेलाडीमा समेटियो । त्यसपछि खेलको ८६औँ मिनेटमा टेलिस्काले पेनाल्टीमार्फत गोल गर्दै नसरलाई २–१ को रोमाञ्चक जित दिलाए ।
यो जितसँगै नासरले २१ खेलबाट ४९ अंक जोडेको छ । ऊ तालिकाको दोस्रो स्थानमा रहेको छ । १२ औँ स्थानमा रहेको अभाले २१ खेलबाट २३ अंक जोडेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।