थप दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशभरबाट १८३ नमुना परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पिसिआर विधिबाट १८३ नमुना परीक्षण गर्दा दुईको रिपोर्ट पोजिटिभ आएको हो।
यो अवधिमा चारजना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ पुगेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।