विराटनगर महानगरले क्रिकेटरद्वय ललित र दीपेशलाई नगदसहित सम्मान गर्ने

मोरङको विराटनगर महानगरपालिकाले क्रिकेटरद्वय ललितनारायण राजवंशी र दीपेश कँडेललाई नगदसहित सम्मान गर्ने भएको छ ।

महानगरपालिकाले उनीहरूलाई १ लाख १ हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो । राष्ट्रिय टोलीका सदस्य राजवंशी र यू–१९ टोलीका सदस्य कँडेललाई सम्मान गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । 

ललितले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेले । उनले विश्वकप लिग–२ मा १० खेलमा ३.६१ को इकोनमीमा १५ विकेट लिए । 

ललितले लिग–२ को महत्वपूर्ण खेलमा यूएईविरुद्ध १० ओभरमा २७ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए । त्यस्तै, दीपेश नेपाललाई यू–१९ विश्वकप छनोटमा पुर्याउन नायक साबित भए । 

उनले विश्वकप छनोटको अन्तिम खेलमा यूएईविरुद्ध ह्याट्रिक गर्दै नेपाललाई विश्वकपमा पुर्याएका थिए ।   





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार ११:७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया