क्रिकेटर कुशल मल्ल ५० हजार नगदसहित सम्मानित

बुटवल उपमहानगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ ।

बुटवल–११ देवीनगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले दोसल्ला ओढाएर सम्मानपत्र र नगद ५० हजारसहित सम्मान गरे ।  

कार्यक्रममा क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।    

नेपाललाई विश्वकप छनोटमा कुशलको भूमिका पनि अहम् रह्यो । उनले लिग–२ मा १६ इनिङ्समा ४.५६ को इकोनमीमा १६ विकेट लिए ।

साथै, कुशलले ब्याटिङतर्फ १७ पारीमा ४ अर्धशतकको मद्दतमा ४०४ रन बनाए ।    





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार १२:४१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया