अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने
अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिन सरकारले बुधबादेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका लडाकूलाई राहतको व्यवस्था गर्न लागिएको हो ।
गृहसचिव विनोदप्रकाश सिंहले सो राहत सकेसम्म चालू आर्थिक वर्षदेखि नै वितरण गरिने बताएका छन् । वितरणको काम चरणबद्ध रूपमा गरिने उनले बताए । मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गरेको थियो ।
संयुक्त राष्ट्र संघीय मिसन नेपाल (अनमिन)को प्रमाणीकरणमा चार हजार आठ अयोग्य लडाकु रहेका छन् । यसअघि ०७३ सालमा उनीहरूलाई दुई लाख रुपैयाँ राहत दिने भनिए पनि रोकिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।