फुटबल खेल्दा लाग्ने चोट पहिल्याउन नयाँ टेस्ट : चिपले स्याम्पल पठाउँछ, मैदानमै आउँछ रिपोर्ट

लन्डन– फुटबल खेल्दा खेलाडीहरु एकअर्कासँग ठोक्किइरहन्छन् । यस्तोमा वेलाबखत खेलाडीलाई चोट लाग्ने नै भयो । कतिपय अवस्थामा यस्तो चोट प्राणघातक हन सक्छ । यस्तो अवस्थामा मैदानमै समस्या पहिल्याई तत्काल उपचार गर्नु स्पोर्ट्स मेडिकलका क्षेत्रमा ठूलो चुनौती रहँदै आएको छ । 

हालै, बेलायती डाक्टरहरुले यस मामलामा ठूलो उपलब्धि हासिल गरेको दाबी गरेका छन् । १० वर्षको रिसर्चपछि यस्तो टेस्ट आविष्कार भएको छ, जसमा खेलाडीको र्याल र पिसाब टेस्ट गरेर टक्करबाट भएको असर पत्ता लगाउन सकिन्छ । 

रिसर्चमा संलग्न बर्मिंगम विश्वविद्यालयका स्पोर्ट्स रिसर्च फेलो डा. प्याट्रिक ह्यालोरेन यस्तो टेस्टबाट मेडिकल स्टाफका साथै खेलाडी र कोचलाई समेत टक्करको असर के परेको छ, तत्कालै थाहा हुने दाबी गर्छन् । उनका अनुसार यो मेडिकल साइन्सको ठूलो खोज हो, जुन घाइते खेलाडीको फिल्डमै उपचार गर्न ज्यादै फलदायी साबित हुनेछ । 

डा. प्याट्रिकका अनुसार, खेलाडीको स्याम्पल संकलन गरेपछि त्यसलाई परीक्षणका लागि बर्मिंगम पठाइनेछ, जसबाट उपचारको सही विधि तय गर्न सकियोस् । 

एक विशेष डिभाइसको माध्यमबाट मैदानमै चोटग्रस्त खेलाडीको स्याम्पल संकलन गरी प्रयोगशालामा तत्काल पठाउन सकिन्छ । डिभाइसमा एउटा चिप हुन्छ, जसमा खेलाडीको एक थोपा थुक राखिन्छ ।

चिप वाइफाईको माध्यमबाट प्रयोगशालाको टेस्टिङ डिभाइससँग कनेक्ट हुन्छ । केही क्षणमै टेस्टको रिपोर्ट मोबाइल वा ट्याबमा हेर्न सकिन्छ । रिपोर्ट हेरेर डाक्टर एक–दुई मिनेटमै विश्लेषण गर्न सक्नेछन् । र, मैदानमै उपचार दिन सक्नेछन् । 



परीक्षण सफल भए फुटबल जगत्का लागि यो भयंकर उपलब्धि हुनेछ । 



  • प्रकाशित मिति : फागुन ९, २०७५ बिहीबार २०:२७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया