साफ यू–१७ वमेन्स च्याम्पियनसिप : नेपालले भुटानलाई ५–०ले हरायो

बंगलादेशमा भइरहेको साफ यू–१७ वमेन्स च्याम्पियनसिपमा नेपालले बुधबार भुटानलाई सजिलै ५–० ले हराएको छ । बंगलादेशमा भइरहेको प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले पहिलो जित निकालेको हो । 

खेलको १६ औं मिनेटमा वर्षा ओलीले गोलको खाता खोलिन् । त्यसपछि ३० औं मिनेटमा दीपा रोकाया र ३४ औं मिनेटमा सेनु परियारले गोल गरिन् । पहिलो हाफमा ३ गोल गरेको नेपालले दोस्रो हाफमा २ थपेको हो । 

दोस्रो हाफको ५० औं मिनेटमा वर्षाले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् । सेनुले ५८ औं मिनेटमा पाँचौं गोल गरिन् । यो उनको दोस्रो व्यक्तिगत गोल पनि रह्यो ।





  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार २१:४७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया