लोसपाको कार्यकारिणी समिति बैठक आज, सरकारमा सहभागिता र उपनिर्वाचनबारे छलफल हुने
फाइल तस्बिर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक आज बस्दैछ । समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक दिउँसो १ बजे बस्न लागेको हो ।  

बैठकमा सरकारमा सहभागिता, वैशाख १० गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने नेता शरदसिंह भण्डारीले जानकारी दिए ।

बैठकमा बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनको विषयमा पनि छलफल हुनेछ ।

बारा–२ मा बढी ध्यान केन्द्रित गरेको लोसपाले नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यद्यपि सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने प्रयासमा छन् । 

४ मंसिरको निर्वाचनमा बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

तनहुँ–१ बाट निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले र चितवन–२ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा पनि उपनिर्वाचन हुन लागेको छ ।  





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार ७:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया