१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बासकोटा हुने

गायक तथा संगीतकार कालिप्रसाद बासकोटा सन् २०२३ कै पहिलो सांगीतिक कार्यक्रमका रुपमा ‘स्पेसल नाइट विथ कालिप्रसाद बासकोटा’मा काठमाडौंका दर्शकमाझ गुञ्जिने भएका छन् ।  

पछिल्लो फिल्म ‘फूलबारी’मा रहेको गीत ‘माया रैछ र’मा स्वर दिएका कालिप्रसाद ठमेलको सञ्चय कोष चोकमा खुलेको नयाँ क्लब ‘क्लब ओम्निया’मा १७ चैत शुक्रबार गुञ्जिन लागेका हुन् ।

कार्यक्रममा कालिप्रसादले नयाँ व्याण्ड ‘साथी भाइ’सँग लाइभ गीत गाउनेछन् । कन्सर्टमा कालिले ‘अजम्बरी माया पिरती’, ‘निरा’, ‘ओखती’, ‘बाटुली’, ‘लप्पन छप्पन’, ‘इन्स्टाको फोटो’ र ‘पंक्षी’ लगायतका लोकप्रिय गीत गाउनेछन् । उनले ‘साथीभाइ’ व्याण्डसँग ‘माया रैछ र’ गीत पनि पहिलोपटक लाइभ गाउनेछन् । 

कार्यक्रम पिभिइ नेटवर्कको प्रस्तुति र डेभिल्स ग्रुपको सहकार्यमा हुन लागेको हो । कालिप्रसाद ‘सा रे ग म प’ तथा ‘नेपाल आइडल सिजन १,२,३ का निर्णायक पनि हुन् ।





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार १८:१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया