रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलको सानदार जित

युरोकप छनोटअन्तर्गत लिचेस्टाइनविरुद्ध पोर्चुगल ४–० गोल अन्तरले विजयी भएको छ । गएराति सम्पन्न खेलमा पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा जोआ कान्सेलो र  बेर्नार्डो सिल्भाले एक/एक गोल गरे ।  

खेलको आठौँ मिनेटमा जोआ कान्सेलोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाए । ४७ औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दा पोर्चुगल २–० को अग्रता पायो ।  

खेलको ५१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दा पोर्चुगलको अग्रता तेब्बर बन्यो । ६३ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ४–० ले विजयी भयो ।

योसँगै रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेका छन् । रोनाल्डोको यो १९७ औँ अन्तराष्ट्रिय खेल हो । उनी अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन् ।

रोनाल्डोले हालसम्म १ सय २० गोल गरिसकेका छन् । उनले सन् २००४ बाट पोर्चुगलका लागि लगातार गोल गर्दै आएका छन् । यो जितसँगै पोर्चुगलले पहिलो खेलमा ३ अंक जोडेको छ । ऊ समूह ‘जे’ को शीर्ष स्थानमा छ । 

समूह ‘जे’कै अर्को खेलमा बोस्निया एण्ड हर्जगोभिनाले आइसल्याण्डलाई ३–० ले हराउँदा स्लोभाकिया र लक्जेमवर्गले गोलरहित बराबरी खेले । 





  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार ७:३३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया