बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजीनामा बुझाएका छन् ।

उनले एमालेका मन्त्रीहरुले पनि आजै प्रदेशसभा बैठक पश्चात मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने बताए ।

प्रदेश सभामा बोल्दै नेता उनले अब नेकपा एमाले प्रदेश सरकारको सशक्त प्रतिपक्षको भुमिकामा रहने बताएका छन् । त्यहाँ एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । 

राप्रपा सरकारबाट बाहिरिएका कारण मुख्यमन्त्री जमकट्टेलले शुक्रबार दोस्रोपटक विश्वासको मत लिन लागेका छन् ।  





  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार १५:२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया