एसईई मर्यादित र अनुशासित बनाउन गम्भीर हुनुपर्छ : मन्त्री यादव

मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले यसवर्षको एसईई परीक्षालाई मर्यादित र अनुशासित बनाउन सरोकारबाला निकाय गम्भीर हुनुपर्ने बताएका छन् ।

शुक्रबार एसईई परीक्षाको तयारी र शिक्षक एवं परीक्षार्थीलगायतको व्यवस्थापन सम्बन्धी जनकपुरधाममा आयोजित एकदिने अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री यादवले परीक्षार्थीलाई कुनै पनि किसिमको तनाव र अनावश्यक मानसिक यातना दिने कार्य नगर्न निर्देशन दिएका हुन् । 

यसपटकको परीक्षामा शिक्षक, शिक्षा अधिकारी, सुरक्षाकर्मी तथा अनुगमन संयन्त्रलगायतकालाई परीक्षार्थीलाई अनावश्यक मानसिक यातना दिने कार्य नगर्न आग्रह गर्दै उनले परीक्षार्थीले आफ्नो भविष्यबारे कति चिन्तित छन् भन्ने कुरा यस एसईई परीक्षाको परिणामबाट निर्धारण गर्ने भएकाले निर्धकताकासाथ परीषामा सहभागी हुन आग्रह गरे । 

प्रदेशका आठवटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका अधिकारीसँग मन्त्री यादवले एसईई २०७९ सञ्चालन तथा व्यवस्थापनमा पूर्ण सहयोग गर्न आग्रह गरेका छन् । 

शिक्षा विकास निर्देशनालयले प्रस्तुत गरेको प्रतिवेदन अनुसार मधेस प्रदेशको ४ वटा जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइले विगतको रकम फर्छ्यौट नभएकाले तत्काल फर्छ्यौट गरे मात्रै यसवर्ष हुने एसईई परीक्षाको बजेट भुक्तानी हुने जनाएका छन् ।

सप्तरी, धनुषा, बारा र पर्साले अहिलेसम्म बेरुजू रहेकाले फर्छ्यौट गर्न शिक्षा विकास निर्देशनालयले निर्देशन दिएको छ । यही चैत १७ गतेदेखि एसईई परीक्षा हुँदैछ । 





  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार १७:४७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया