स्ववियु निर्वाचन : ४४ क्याम्पसको नतिजा सार्वजनिक, शीर्षमा अनेरास्ववियु

त्रिभुवन विश्वविद्यालयमा गत आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अहिलेसम्म ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भएको छ । 

देशभरका ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १८ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी छ । अहिलेसम्म चुनाव भएका आंगिक क्याम्पसमध्ये अनेरास्ववियुले १९, नेविसंघले १८, अखिल क्रान्तिकारीले चार, जसपानिकट समाजवादी विद्यार्थी युनियनले दुई र विद्यार्थी जनमत संघले एक क्याम्पसमा जित हासिल गरेका छन् । 

निर्वाचनमा हुन नसकेका केही क्याम्पसमा चुनावी प्रक्रिया सुरु भएको छ ।  काठमाडौंको नेपाल कमर्स क्याम्पस मीनभवनमा आज चुनाव हुँदैछ । आइतबार पोखरा वन क्याम्पसमा, चैत १७ गते आयुर्वेद क्याम्पस र कृषि क्याम्पस चितवनमा र चैत १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा चुनाव गर्ने तयारी छ ।

पोखराको पृथ्वीनारायण क्याम्पसको चुनाव अदालतको आदेशका कारण रोकिएको छ । पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, नर्सिङ कलेज, धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा विद्यार्थीको तालाबन्दीका कारण चुनाव रोकिएको छ । काठमाडौं उपत्यकाभित्र रत्नराज्यलक्ष्मी, त्रिचन्द्र, अमृत साइन्स, पाटन संयुक्त, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसमा पनि ताला लागेको छ । 

स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकाले पहिलोपटक चुनाव तोकिएको मितिले एक महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था गरेको छ ।  





  • प्रकाशित मिति : चैत ११, २०७९ शनिबार ७:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया