\
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देश आजको अवस्थामा आइपुग्नुमा युवाको ठूलो भूमिका रहेको भन्दै थप विकासका लागि पनि युवा अग्रसर हुनुपर्ने बताएका छन् ।
रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा शनिबार तनहुँको दमौलीमा आयोजित कार्यक्रममा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताए।
युवाहरू देश बनाउने सोच र संकल्प लिएर हिँड्नुपर्ने उनले बताए। सामाजिक संघसंस्थाले युवालाई नेतृत्व गर्न सिकाएको भन्दै उनले नेतृत्व लिन युवाहरू पनि जागरुक बन्नुपर्ने बताए ।
रोटरी, लायन्सजस्ता क्लबहरूले युवालाई लोकतन्त्रको अभ्यास गर्न सिकाएको भन्दै पौडेलले यसले युवालाई एकजुट बनाएको र नेतृत्वमा पुग्न सहयोग पुर्याएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।