मधेस प्रदेशका ६ जिल्लामा जनमत पार्टी इन्चार्ज तोकिए

जनमत पार्टीले मधेस प्रदेशका ६ जिल्लामा इन्चार्ज तोकेको छ। 

पर्साको इन्चार्जको जिम्मेवारी माधवप्रसाद सिंहलाई तोकिएको छ। सो जिल्लाका संयोजक ओमप्रका सर्राफ र सहसंयोजक मुकेश द्विवेदीलाई तोकिएको छ।

त्यस्तै, रौतहटको इन्चार्जमा बृजकिशोर यादव, सर्लाहीको इन्चार्जमा श्रीचन राय यादव तथा महोत्तरीको इन्चार्जमा सौरभ साहलाई तोकिएको छ। 

त्यस्तै, धनुषाको इन्चार्जमा सुरेन्द्र मण्डल र सिरहाको इन्चार्जमा विनोद यादवलाई तोकिएको छ।

उनीहरुलाई पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्ने जिम्मेवारी दिइएको छ।





  • प्रकाशित मिति : चैत ११, २०७९ शनिबार १९:५५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया