साफ यू–१७ च्याम्पियनसिपमा नेपालले आज रसियाविरुद्ध खेल्दै

बंगलादेशमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज रसियाको सामना गर्दैछ ।

नेपाल र रसियाबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा राति ७ बजे सुरु हुनेछ । नेपाल आज रसियालाई हराउँदै प्रतियोगितामा दोस्रो जित निकाल्न चाहन्छ ।  

पहिलो खेलमा नेपालले भारतसँग ४–१ को हार बेहोरेको थियो । दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ५–० को जित निकाल्यो । प्रतियोगितामा बलियो टोली मानिएको रसियाविरुद्ध जित निकाल्दै नेपाल फाइनल सम्भावना जीवितै राख्ने योजनामा छ ।

रसिया लगातार तेस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो । ऊ तालिकाको शीर्ष स्थानमा छ । नेपाल २ खेलमा ३ अंकका साथ चौथो स्थानमा छ ।   

नेपालले चौथो खेलमा मंगलबार आयोजक बंगलादेशसँग खेल्ने तालिका छ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ ।  

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ । 





  • प्रकाशित मिति : चैत १२, २०७९ आइतबार ८:५५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया