उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताका लागि निर्धारण गरेको समय आज सकिँदैछ । आयोगले गत ८ चैतमा दल दर्ताका लागि आजसम्मको समय निर्धारण गरेको थियो ।    

उपनिर्वाचन आगामी १० वैशाखमा हुँदैछ । आयोगले १६ चैतमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । 

आयोगका अनुसार १८ चैतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने छ । 

चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले नागरिकतासम्बन्धी मुद्दामा सांसद पद गुमाएपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो ।  

त्यस्तै, तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ बाट रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि ती क्षेत्र पनि अहिले रिक्त छन् ।  

आयोगले रिक्त रहेका तीनवटै क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्न लागेको हो ।  





  • प्रकाशित मिति : चैत १२, २०७९ आइतबार १०:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया