प्रचण्डले धोका दिनुभयो : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई धोका दिएको आरोप लगाएका छन् ।

उनले एमाले समझदारीका साथ सरकारमा सहभागी भए पनि प्रचण्डले धोका दिएको आरोप लगाएका हुन् ।

‘त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएको हो । यद्यपि ‌प्रचण्डले धोका दिनुभयो,’ आइतबार सुर्खेत विमानस्थलमा पौडेलले सञ्चारकर्मीसँग भने । 

अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चितजस्तै रहेको पनि उनको टिप्पणी छ ।

‘यो सरकारले देशलाई सम्बृद्धिको मार्गमा अघि बढाउन सक्दैन,’ पौडेलले भने ।    





  • प्रकाशित मिति : चैत १२, २०७९ आइतबार १०:४५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया