सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

साताको पहिलो दिन आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।   

आज सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।  

सुनको मूल्य घटे पनि आज चाँदीको भाउ भने वृद्धि भएको छ । आइतबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : चैत १२, २०७९ आइतबार १२:२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया