साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल रुससँग ३-० ले पराजित

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल रुससँग ३–० ले पराजित भएको छ । प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । 

यसअघि नेपालले आफ्नो पहिलो खेलमा भारतविरुद्ध ४–१ को हार बेहोरेको थियो । यता, रुसको भने यो लगातार तेस्रो जित हो । रुसले यसअघि बंगलादेशलाई ३–० ले र भुटानलाई ९–० ले पराजित गरेको थियो ।

आइतबार बंगलादेशको ढाकामा सम्पन्न खेलमा रुसलाई जित दिलाउन एलिना गोलिकले दुई र पोलिना फिल्सिनाले एक गोल गरे ।

खेलको ६३औँ मिनेटसम्म नेपालले रुसलाई गोलरहित बराबरीमा रोकेको थियो । तर, ६४औँ मिनेटमा गोलिकले नेपालको रक्षापंक्ति तोड्दै रुसलाई अग्रता दिलाइन् । ७४औँ मिनेटमा गोलिकले नै रुसको अग्रता दोब्बर पारिन् । यस्तै, ८४औँ मिनेटमा फिल्सिनाले गोल गर्दै रुसलाई ३–० को सहज अवस्थामा पुर्‍याइन् । 

जितसँगै तीन खेलबाट नौ अंक जोडेको रुस तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट तीन अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ । 





  • प्रकाशित मिति : चैत १२, २०७९ आइतबार २१:२१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया