पाकिस्तानविरुद्धको टी–२० सिरिज अफगानिस्तानले एक खेल अगावै जित्यो

पाकिस्तानविरुद्धको टी–२० सिरिज अफगानिस्तानले एक खेल अगावै जितेको छ । ​गएराति सम्पन्न खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै अफगानिस्तानले एक म्याच अगावै सिरिज जितेको हो ।

अफगानिस्तानले पाकिस्तानविरुद्ध पहिलोपटक सिरिज आफ्नो नाममा गर्न सफल भयो । यसअघि उसले पाकिस्तानविरुद्धको कुनै पनि प्रारूपको सिरिज जित्न सकेको थिएन ।

लगातार दोस्रो जित निकाल्नेक्रममा पाकिस्तानले दिएको १ सय ३१ रनको विजयी लक्ष्य अफगानिस्तानले १९.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि रहमानउल्लाह गुर्बाजले ४४ र इब्राहिम जाद्रानले ३८ रन बनाए । नजिबुल्लाह जाद्रान २३ र मोहम्मद नाबी १४ रनमा अविजित रहे ।  

पाकिस्तानका लागि जमान खान र इनसाहउल्लाहले एक/एक विकेट लिए । त्यसअघि शाहजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनायो ।

उसका लागि इमाद वसिमले ५७ बलमा ३ चौका र २ छक्कासहित अविजित ६४ रन बनाए । कप्तान शादब खानले ३२, मोहम्मद हरिसले १५ र तय्यब ताहिरले १३ रन जोडे । 

अफगानिस्तानका लागि फजलहक फारुकीले दुई, नवीन उल हक, राशिद खान र करिम जन्नतले एक/एक विकेट लिए । योसँगै सिरिजमा अफगानिस्तानले २–० को अग्रता लिएको छ ।



पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो । पाकिस्तान र अफगानिस्तानबीचको तेस्रो तथा अन्तिम खेल सोमबार हुँदैछ ।  



  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार ७:४५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया