दिल्लीलाई हराउँदै मुम्बईले जित्यो डब्लुपिएलको उपाधि

पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को उपाधि मुम्बई इन्डियन्सले जितको छ । गएराति सम्पन्न फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराउँदै मुम्बईले उपाधि जितेको हो ।  

फाइनलमा दिल्लीले दिएको १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि नाट स्काभर ब्रन्टले ५५ बलमा ७ चौकासहित अविजित ६० रन बनाइन् । त्यस्तै, कप्तान हरमनप्रीत कौरले ३७, अमेरिका कैरले अविजित १४ रनको योगदान दिए । 

दिल्लीका लागि राधा यादव र जेस जोनसनले एक/एक विकेट लिए ।  त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनायो ।

उसका लागि कप्तान मेग ल्यानिङले २९ बलमा ५ चौकासहित सर्वाधिक ३५ रन बनाइन् । राधा यादव र शिखा पाण्डेले अविजित २७/२७ रन जोडे । मुम्बईका लागि इस्सी विंग, हेली म्याथ्युले तीन/तीन र अमेलिया केरले दुई विकेट लिए ।





  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार ८:११:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया