कुटपिटको आरोपमा दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ । 

वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीनजनाले आफूलाई कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन् ।

डीएसपी अंगुर जिसीका अनुसार उजुरीमा क्षेत्रीले आफूले लगाइरहेको सुनको सिक्रीसमेत लुछेको उल्लेख गरेका छन् । दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको डीएसपी जिसीले जानकारी दिए ।    





  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार १३:३९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया