कोशी प्रदेशको विरोधका क्रममा ज्यान गुमाएका लिम्बूको परिवारलाई प्रदेशले तीन लाख दिने

कोशी प्रदेश सरकारले पदम लिम्बूको परिवारलाई राहत स्वरुप तीन लाख उपलब्ध गराउने भएको छ । प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा लिम्बूले ज्यान गुमाएका थिए । 

प्रदेश सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले संघीय सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने र मृतकका परिवार लागि राहत दिने निर्णय गरेको हाे । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टका अनुसार बैठकले कलबल्गुडी झापाको निर्देशकमा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय गरेको छ । 

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेस गरिएको समपुरक अनुदान कार्यविधि संशोधन प्रस्ताव पारित गर्ने समेत निर्णय गरेको छ ।

साथै पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेस गरिएको दुईवटा संशोधन विधेयक प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ लाई प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ । 

बैठकले प्रदेश नामाकरणमा भूमिका खेल्ने प्रदेशसभा सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालय, प्रदेशसभामा उपस्थित सम्पूर्ण राजनीतिक दललाई धन्यवाद ज्ञापन गर्दै कोशी प्रदेशवासीलाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।





  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार १६:२४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया