\
भारतमा पछिल्लो २४ घण्टामा १ हजार ८०५ नयाँ बिरामी फेला परेका छन् भने ६ जनाको मृत्यु भएको छ। कोरोना संक्रमित संख्या १० हजार नाघेको छ ।
यसअघि शनिबार १ हजार ८९० कोरोना संक्रमित भेटिएका थिए भने ७ जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सक्रिय संक्रमित संख्या १० हजार तीन सय पुगेको छ ।
महाराष्ट्रमा सबैभन्दा धेरै संक्रमितहरू फेला परेका छन्। यहाँ संक्रमण बढ्दै गएपछि परीक्षण बढाइएको छ । मानिसहरूलाई कोभिड प्रोटोकल पालना गर्न निर्देशन दिइएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।